कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा. गौतम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा. गौतम


११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा. गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यही जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको थियो ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचार व्यवस्थापन अक्सिजन आइसोलेशन, हाई डिपेन्डेसी युनिट (एचडियु), सघन उपचार कक्ष, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसनफलोअप, एम्बुलेन्स र  आकस्मिक सेवासमेत सञ्चालन गर्ने छ ।

युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्ने सक्ने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस