भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट प्रकरणमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु : गृह मन्त्रालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट प्रकरणमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु : गृह मन्त्रालय


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ। भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य प्रारम्भ भएको गृह मन्त्रालयले जनाएको छ । घटनाको सत्य तथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन समेत गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले यसअघि सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ जिल्लामा यस्ता घटनामा संलग्न व्यक्ति उपर कानुन बमोजिम कारबाही गरिसकेको र कोभिड बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूमाथि हुने यस प्रकारका घटना घट्न नदिन, दोषीलाई कानुन बमोजिम कारबाही गर्न र स्वास्थ्यकर्मीहरूको सुरक्षामा विशेष ध्यान पुर्‍याउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशनसमेत दिइसकिएको पनि जानकारी दिएको छ ।

भेरी अस्पतालमा वार्डमा नै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको गृहको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस