जिल्ला अस्पतालमा पिसिआर उपकरण राख्न २५ लाख निकासा गर्ने अर्थ मन्त्रालयकाे निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्ला अस्पतालमा पिसिआर उपकरण राख्न २५ लाख निकासा गर्ने अर्थ मन्त्रालयकाे निर्णय


१० जेष्ठ २०७८, सोमबार


ओखलढुङ्गा । कोभिड–१९ को स्वाव परीक्षण गर्न जिल्ला अस्पताल रुम्जाटारमा पिसिआर उपकरण राखिने भएको छ । यसका लागि आज अर्थ मन्त्रालयले २५ लाख निकासा गर्ने निर्णय गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले उपकरण जडान पछि कोरोना परीक्षणमा थप सहजता आउने बताए । उनका अनुसार सङ्कलित स्वाव परीक्षणका लागि विराटनगर र काठमाडौंँ पठाइने गरेको छ ।

प्रदेश सरकारले जिल्ला प्रशासन र जिल्ला अस्पताललाई कोभिड व्यवस्थापन र हर्कपुरमा होल्डिङ सेन्टर राख्न ३० लाख पठाइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस