स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याऊ: माानव अधिकार आयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याऊ: माानव अधिकार आयोग


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबार नै भेरी अस्पतालको स्थलगत अनुगमन गरिसकेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न सरकारलाई आग्रहसमेत गरेको छ ।

स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस