२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसा न्यूनीकरणका लागि होटल व्यवसायी संवेदनशील हुनुपर्ने

अ+ अ-

काठमाडौं । होटल क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि होटल व्यवसायी संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।

शनिबार महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिकाको राजमार्ग क्षेत्रका होटल व्यवसायीसँग भएको अन्तरक्रिया कार्यक्रममा होटलमा हिंसा बलात्कार र आक्रमणका घटना बढेकाले व्यवसायीहरू सचेत हुनुपर्नेमा सहभागीहरूको जोड थियो ।

काठमाडौं क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले सामाजिक सञ्जालले लैङ्गिक हिंसा बढाएको बताउँदै हिंसा नियन्त्रणका लागि सबैको हातेमालो आवश्यक रहेको बताए । उनले होटल व्यवसायमा हुने विकृति नियन्त्रणका लागि सिसी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिए ।

बालाजुस्थित महानगरीय प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले महिला बेचबिखनका लागि होटल नै प्रयोग हुने गरेकाले होटलमा आउने हरेक व्यक्तिको स्पष्ट विवरण राख्न आग्रह गरे।

तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले होटल व्यवसायमा देखिएको यस्ता समस्या रोक्न प्रहरीसँग मिलेर काम गर्नुपर्ने र समुदायमा जनचेतना जरुरी रहेको औँल्याए। लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल मूल समन्वय समितिकी अध्यक्ष देविना कार्कीले हिंसा रोक्न सबैको सहकार्य जरुरी रहेको बताइन् ।