२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकेधारास्थित सुधार गृहमा प्रहरीको छापा, २१ जनाको उद्धार

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ ।

काठमाडौं महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा सुधार गर्नुुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिए ।

‘सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफूले सुधार गृहमा भोग्नुुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सञ्चालकलाई कारवाही र सुुधार गृहमा रहेकालाई उद्धार गरी पाउँ भन्ने निवेदनका आधारमा बाँकी २१ जनालाई बिहीबार उद्धार गरेका हौँ,’उनले भने, ‘उद्धार गरेका सबैलाई परिवारको जिम्मामा समेत लगाइसकिएको छ ।

प्रतिव्यक्ति मासिक रु ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारिरीक तथा मानसिक यातना दिने गरेको अनुुसन्धानबाट खुलेको छ, प्रमुुख लामाले भने,’अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो ।’

५ वर्ष पहिला कपनमा सञ्चालमा रहेका उक्त सुधारगृह २ वर्षदेखि सुुकेधारामा सञ्चालित छन् । पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ ।