प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, डिस्चार्जको तयारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, डिस्चार्जको तयारी


१५ कार्तिक २०७५, बिहिबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुध्रिँदै गएको छ । उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालले विहीबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र छिट्टै सामान्य स्थितिमा फर्किने उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ।

हेर्नुहोस् विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस