२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली समाज अहिले पनि अधिकारमुखी राजनीतिमा रुमलिएको छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाज अधिकारमुखि राजनीतिमा रुमलिएको बताएका छन् ।

प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले शान्ति सुरक्षा अपराधको नियन्त्रण मात्र नभएको बताउँदै कानून विरुद्ध काम गर्ने सबैलाई कानूनको दायरामा ल्याउने माध्यम भएको बताए । जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्ने भन्दै,उनले भने, ‘‘तीन ठूला राजनीतिक क्रान्ति हुँदा पनि समाज बदलिन सकेन त्यसको असर प्रदेशमा पनि छ, अधिकार प्राप्तिका लागि संविधान भन्दा बाहिरको बाटो उपयुक्त छैन ।”

उनले प्रदेशको सुरक्षा व्यवस्था खलबलिँदा सिङ्गो मुलुकको सुरक्षा अवस्थानै प्रभावित पार्ने भएकाले प्रदेशको सुरक्षा प्रमुख भएको बताए । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले गरेको कामको पनि नागरिकले राम्रो मूल्याङ्कन गरेका छन् । अब प्रदेश सरकारसँग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर काम हुन्छ उनले भने ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा प्रदेश नं. ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा सङ्घ र प्रदेशका साझा अधिकार, शान्ति सुरक्षा सम्बन्धी कानून, प्रदेश प्रहरी तथा सुरक्षा सम्बन्धी अवधारणा माथि छलफल गरिने छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मानबहादुर विकले सङ्घीयता कार्यान्वयनको क्रममा संस्थागत रुपान्तरणको अवस्थामा शान्ति सुरक्षा दुरुस्त राख्न समन्वयात्मक वातावरण बनाउने, सुरक्षा योजना तयार गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने र प्रदेश र स्थानीय निकायबीच समन्वय र सहजीकरणको माहोल सिर्जना गर्ने बैठकको उद्देश्य रहेको जानकारी दिए ।