२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल रूपान्तरण कमजोर हुँदा एमालेले क्षति बेहोर्नुपरेको ओलीको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र मानव स्रोतलाई प्रभावकारी रूपमा डिजिटल क्षमतासँग जोड्न नसक्दा संगठनले गम्भीर असर व्यहोर्नुपरेको बताएका छन्।

पार्टीद्वारा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य क्षेत्रहरूमा पनि प्रभाव परेको भए पनि एमालेमा यसको असर अझ बढी देखिएको उल्लेख गरे।

उनका अनुसार वर्तमान सरकारले विकास र सुशासनका नाममा काम गरिरहेको दाबी गरे पनि देशको समग्र दिशा अपेक्षित रूपमा अगाडि नबढेको उनको टिप्पणी थियो।

ओलीले संविधान निर्माण प्रक्रियादेखि नै विभिन्न अवरोधहरू सामना गर्नुपरेको स्मरण गर्दै ती चुनौती पार गर्दै अघि बढिएको बताए। साथै, उनले आफ्नो नेतृत्वमा छिमेकी मुलुकहरूसँग सम्बन्ध सुदृढ भएको र सामाजिक क्षेत्रमा समेत प्रगति भएको दाबी गरे।

उनले पार्टीभित्र भएका उपलब्धिहरूको प्रभावकारी प्रचारप्रसार हुन नसकेको स्वीकार गर्दै संगठन कमजोर देखिनुमा यही प्रमुख कारण भएको बताए। ओलीले भने, “हाम्रा कामहरू जनतासम्म पुर्‍याउन सकिएन, सत्यको पक्षमा प्रभावकारी प्रतिवाद गर्न सकेनौँ, जसका कारण गलत प्रचारले स्थान पायो।”

उनले पार्टीको मानव शक्तिलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न नसकिएको कमजोरी औँल्याउँदै सोही कारण संगठनात्मक प्रभाव कमजोर भएको स्वीकार गरे।

उनका अनुसार योजनाबद्ध रूपमा भएका विभिन्न घटनालाई आधार बनाएर पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाइएको छ, जसले एमालेलाई राजनीतिक रूपमा क्षति पुर्‍याएको छ।

0 Comments