काठमाडौँ । लोक सेवा आयोगले उत्कृष्ट कार्यसम्पादन गर्ने चार जना कर्मचारीलाई पुरस्कारसहित सम्मान गरेको छ। आयोगको ७६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन्।
सम्मानित हुनेहरूमा लोक सेवा आयोग केन्द्रीय कार्यालयका नायब सुब्बा राजकुमार घिमिरे, लोक सेवा आयोग काठमाडौँ कार्यालयकी टा.ना.सु. लक्ष्मीकुमारी थापा मगर, लोक सेवा आयोग खोटाङ कार्यालयका खरिदार जीवनाथ आचार्य तथा सूचना प्रविधितर्फ यस वर्ष सम्मानका लागि छनोट भएका कम्प्युटर अपरेटर राजेन्द्र रञ्जितकार रहेका छन्।
आयोगले कर्मचारीहरूको उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको समर्पण तथा सार्वजनिक सेवा प्रवाहमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेको जनाएको छ।







