काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम लिमिटेडका प्रादेशिक प्रमुखविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले आज नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चितरंजन दास समेतका प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दा अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।







