२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री खनालद्वारा भारत भ्रमणबारे संसदलाई जानकारी, सम्बन्ध सुदृढीकरणमा जोड

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न तीन दिने भारत भ्रमणका बारेमा प्रतिनिधि सभा बैठकलाई औपचारिक जानकारी गराएका छन्। बुधबार बसेको संसद् बैठकमा उनले उक्त भ्रमणका गतिविधि र उपलब्धिहरू प्रस्तुत गरेका हुन्।

मन्त्री खनालका अनुसार भारत भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्री एस. जयशंकर तथा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। ती भेटहरूमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको उनले बताए।

उनले आफ्नो भ्रमण नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउन उपयोगी र परिणाममुखी रहेको अनुभव गरेको पनि संसदलाई जानकारी दिए।

भ्रमणका क्रममा दुई देशबीच आपसी सहकार्य विस्तार र सम्बन्धलाई अझ प्रभावकारी बनाउने उपायबारे विस्तृत छलफल भएको मन्त्री खनालको भनाइ छ।

0 Comments