काठमाडौं । सरकारले निजामती सेवा नियमावलीको १६औँ संशोधन स्वीकृत गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।
संशोधित नियमावलीमा समेटिएका व्यवस्थाबारे विस्तृत विवरण भने सरकारले सार्वजनिक गरेको छैन । बैठकले स्वीकृत गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।







