२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादबीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन, सुरक्षा व्यवस्था कडा

अ+ अ-

काठमाडौँ । स्थानीय तहसँग उत्पन्न विवादको पृष्ठभूमिमा कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल औपचारिक रूपमा उद्घाटन गरिएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नगर प्रमुख सुशीला शाहीसँग देखिएको मतभेदकैबीच आज बिहान अस्पताल उद्घाटन गरेका हुन्। विवाद जारी रहेकै अवस्थामा कार्यक्रम सञ्चालन भएपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अस्पताल परिसर र आसपासका सडक क्षेत्रमा बिहानैदेखि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

१५ शय्याको उक्त अस्पताल सञ्चालन तथा व्यवस्थापनको विषयमा प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच सहमति हुन नसक्दा लामो समयदेखि असमझदारी कायम रहँदै आएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाखमा मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवसहित तीन जना कर्मचारी खटाएको थियो। तर नगर प्रमुख शाहीले अस्पताल प्रदेश सरकारलाई औपचारिक रूपमा हस्तान्तरण नभएको दाबी गर्दै उनीहरूलाई हाजिर गराउन अस्वीकार गरेपछि विवाद चर्किएको थियो।

सोही विवादका क्रममा गत वैशाख ३० गते अस्पताल परिसरमा तालाबन्दीसमेत भएपछि स्थानीय क्षेत्रमा तनावको स्थिति उत्पन्न भएको थियो।

स्थानीयस्तरमा यो विवाद मुख्यमन्त्री शाह र नगर प्रमुख शाहीबीचको राजनीतिक मतभेदको परिणाम भएको भन्दै आलोचना पनि भइरहेको छ।

0 Comments