काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित पक्राउ गरेको छ ।
आयोगको बर्दिबास कार्यालय स्रोतका अनुसार उपभोक्ता समिति अध्यक्षसँग सेवासम्बन्धी काम मिलाइदिने भन्दै घुस लिइरहेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको हो ।
अख्तियारले उनलाई औरही सडक क्षेत्रबाट ७२ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।







