२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा सरकारी जग्गा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन निर्देशन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सुनिश्चित गर्न अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयलाई आधार बनाउँदै प्रशासनले जारी गरेको सूचनामा सार्वजनिक प्रयोजनका लागि छुट्याइएका जग्गामा भएको अतिक्रमण हटाउन समन्वित रूपमा काम गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रशासनले अतिक्रमित क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरूको वास्तविक विवरण स्थानीय तहबाट संकलन गर्नुपर्नेमा जोड दिएको छ। पहिचान प्रक्रियापछि वास्तविक सुकुमवासीलाई सुरक्षित आवास, स्वास्थ्य सेवा, खाद्य सुरक्षा तथा अन्य आधारभूत सुविधासहित वैकल्पिक व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ।

अतिक्रमण हटाउने कार्यान्वयनका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाइने र जिल्ला सुरक्षा समितिको समन्वयमा कार्यक्रम सञ्चालन गरिने प्रशासनले जनाएको छ। यसका लागि स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवालाबीच सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

साथै, अभियानको प्रगतिबारे सर्वसाधारणलाई जानकारी गराउने तथा जिल्लाभरका स्थानीय तहसँग समन्वय बैठक गरी साझा कार्ययोजना बनाइने तयारी रहेको प्रशासनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले कसैलाई असुरक्षित रूपमा विस्थापित नगरी व्यवस्थित पुनर्स्थापनालाई प्राथमिकता दिने स्पष्ट पार्दै अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहने जनाएको छ।

0 Comments