२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’

अ+ अ-

काठमाडौँ । लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुन: सञ्चालन गरिएको सन्दर्भमा नेपालले उठाएको सीमा सम्बन्धी विषयमा भारतले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

भारतको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रनधीर जैसवालले नेपालको परराष्ट्र मन्त्रालयले गरेको दाबीबारे प्रतिक्रिया दिँदै लिपुलेक पास लामो समयदेखि प्रयोगमा रहेको मार्ग भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा भनेका छन्, “यस विषयमा भारतको धारणा सधैं स्पष्ट र स्थिर छ। लिपुलेक पास सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको मार्ग हो र यस मार्गबाट यात्रा दशकौँदेखि सञ्चालन हुँदै आएको छ। यो कुनै नयाँ विकास होइन।”

सीमा सम्बन्धी दाबीबारे उनले भारतको धारणा दोहोर्याउँदै भनेका छन्, “यस्ता दाबी न त उचित छन् न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छन् भन्ने भारतको स्थायी धारणा रहँदै आएको छ। एकपक्षीय रूपमा गरिएको कृत्रिम भौगोलिक विस्तारको दाबी अस्वीकार्य छ।”

भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका विषयमा संवादलाई प्राथमिकता दिने उल्लेख गर्दै प्रवक्ता जैसवालले भनेका छन्, “दुवै देशबीचका सहमतिका आधारमा बाँकी रहेका सीमा सम्बन्धी विषयहरू समेत कूटनीतिक संवादमार्फत समाधान गर्न भारत सधैं खुला छ।”

यसअघि नेपालले लिपुलेक क्षेत्र समेटिएको मार्गबाट कैलाश मानसरोवर यात्रा सञ्चालन गरिएको विषयलाई लिएर सीमा सम्बन्धी चासो व्यक्त गरेको थियो।

0 Comments