काठमाडौँ । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित औपचारिक समारोहमा रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
शपथ ग्रहण गर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव रहेका छन्।
समारोहपछि दुवै मन्त्रीले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाएका छन्।







