२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री गुरुङ र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता,  भ्रष्टाचार नियन्त्रणमा द्विपक्षीय सहकार्यको प्रस्ताव

अ+ अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा राजदूत मेउलीले गृहमन्त्री गुरुङलाई पदमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।

भेटवार्तामा गृहमन्त्री गुरुङले नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी माध्यमबाट स्विस बैंकमा जम्मा गरेका रकमको खोजी तथा आवश्यक परे फिर्ता ल्याउन दुई देशबीच सहकार्य आवश्यक रहेको बताए। उनले यस्तो रकम फेला परेमा नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउने पहल गर्न राजदूतसँग आग्रह गरे।

जवाफमा राजदूत मेउलीले दुई सरकारबीच आप्रवासनसम्बन्धी सहकार्यका विषयहरूमा छलफल भइरहेको जानकारी गराइन्।

यसैगरी, उनले विपद् व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा गृहमन्त्री गुरुङको अनुभव र योगदानको सम्मान गर्दै नेपालमा पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन स्विस सरकारले आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको बताए।

भेटको अन्त्यमा गृहमन्त्री गुरुङ र राजदूत मेउलीले नेपाल र स्विट्जरल्यान्डबीच ऐतिहासिक सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउन तथा दुई देशबीच थप सहयोग प्रवर्द्धन गर्न तत्पर रहेको धारणा साझा गरेका थिए।