२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै उपाध्यक्षले नै दिए अख्तियारमा उजुरी

अ+ अ-

काठमाडौँ । पालिकाले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै उपाध्यक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

ब्याँस गाउँपालिका दार्चुलाका उपाध्यक्ष बिनोद सिंह कुँवरले पालिकाले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा उजुरी दिएका हुन् ।

उजुरीमा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा गाउँपालिकाको कार्यालय भवन तथा वडा नं. ५ को कार्यालय व्यवस्थापनका लागि खरिद गरिएका विभिन्न सामग्रीमा अनियमितता भएको उल्लेख गरिएको छ । फर्निचर, दराज, कार्पेट, सोफा तथा पालिकाको निवासका लागि निर्माण गरिएका पलङलगायत सामग्रीको परिमाण स्टोरमा दाखिला गरिएको बिलअनुसार नभएको, केही सामग्रीको दररेट बजार मूल्यभन्दा बढी रहेको तथा केहीको गुणस्तर तोकिएको दरअनुसार नभएको आरोप लगाइएको छ ।

यस विषयमा पटक–पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिखित जानकारी गराउँदा पनि सुनुवाइ नभएको र कार्यपालिका बैठकमा समेत विषय उठाउँदा बेवास्ता गरिएको उपाध्यक्ष कुँवरले बताएका छन् । उक्त खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गरी आवश्यक कारबाही गर्न उनले माग गरेका छन् ।