महोत्तरी । प्रधानमन्त्रीमा बालेन्द्र शाह(बालेन) नियुक्त भएको खुशियालीमा मटिहानी नगरपालिकामातहतका सम्पूर्ण कार्यालयहरूमा शुक्रबार साँझ दीपावली गरिएको छ । प्रधानमन्त्री नियुक्तिप्रति खुशी व्यक्त गर्दै नगर क्षेत्रका कार्यालयहरूले दीप प्रज्वलन गरी उल्लासपूर्ण वातावरण सिर्जना गरेका हुन् ।

यसै अवसरमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, दीर्घायु तथा कार्यकालको पूर्ण सफलताको कामनासहित मटिहानीस्थित प्रसिद्ध तथा पौराणिक जलाशय लक्ष्मी सागरमा भगवान लक्ष्मी-नारायणको सन्ध्याकालीन विशेष आरतीसमेत आयोजना भइरहेको छ ।

नगर क्षेत्रमा धार्मिक तथा सांस्कृतिक गतिविधिसमेत जोडेर आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीयवासीमा उत्साह थपिएको बताइएको छ ।







