२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक मैत्री सेवा प्रवाह गर्न एआईजी कार्कीको निर्देशन

अ+ अ-

काठमाडौँ । नागरिक मैत्री सेवा प्रवाह गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरूलाई एआईजी कार्कीले उक्त निर्देशन दिएका हुन् । 

नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर–कानुनी क्रियाकलापलाई कडाइका साथ कानुनी दायरामा ल्याउन उनले निर्देशन दिए ।

मंगलबार परिसर भद्रकालीको निरीक्षण गर्न पुगेका एआईजी कार्कीले काठमाडौं जिल्लामा भिआइपी तथा भिभिआइपीहरूको बसोबास रहेको र भाइटल इन्स्टलेसन समेत रहेका बताउँदै कुशलता प्रस्तुत गरेर काम गर्न निर्देशन दिए ।

भविष्यको चुनौतीलाई मध्यनजर गरी  सूचना संकलनलाई प्रभावकारी बनाउन, प्राप्त सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन समेत निर्देशन दिए ।