२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह प्रशासनलाई सुशासन र नागरिक सुरक्षाको प्रभावकारी आधार बनाउने मन्त्री गुरुङको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्दै गृह प्रशासनलाई प्रभावकारी राज्य संयन्त्रका रूपमा विकास गर्ने बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा गृह मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई समयानुकूल सुधार गर्दै नागरिक केन्द्रित बनाउने सरकारको नीति रहेको बताएका हुन् ।

उनले गृह प्रशासनलाई केवल सुरक्षा व्यवस्थापन गर्ने निकायका रूपमा सीमित नराखी मानवअधिकारको सम्मान, कानुनी शासन र नागरिक सेवाको भावनाअनुसार रूपान्तरण गरिने स्पष्ट पारे ।

मन्त्री गुरुङले अबको गृह प्रशासनले नीति र प्रतिबद्धता मात्र होइन, नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सुरक्षा व्यवस्था, सेवा प्रवाह र निष्पक्ष कार्यसम्पादनमा सुधार देखाउनुपर्ने बताए ।

यसैबीच, उनले भूकम्पबाट प्रभावित नागरिकको आवास पुनर्निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको जानकारी दिँदै पुनर्निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

गृहमन्त्री गुरुङले राज्य संयन्त्रप्रति नागरिकको विश्वास बढाउने गरी पारदर्शी, उत्तरदायी र परिणाममुखी प्रशासन सञ्चालनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

0 Comments