२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एकता महाधिवेशनको तयारीमा जाने ‘प्रचण्ड’को घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकता महाधिवेशनमार्फत नयाँ चरणमा लैजाने तयारी भइरहेको बताएका छन्।

जनवर्गीय संगठनका प्रमुखहरूसँग बिहीबार भएको छलफलका क्रममा उनले पार्टीलाई महाधिवेशनतर्फ अग्रसर गराइने र संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्ने आवश्यकता रहेको उल्लेख गरे। उनका अनुसार पार्टी अब छिट्टै महाधिवेशनको प्रक्रियामा प्रवेश गर्नेछ।

छलफलका क्रममा दाहालले नेकपा प्रारम्भदेखि नै निर्वाचन प्रणालीको पक्षमा रहेको उल्लेख गर्दै निर्वाचनले लोकतान्त्रिक व्यवस्था, संघीय संरचना र संविधानको निरन्तरतामा महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे। यद्यपि, आफ्नो दल अपेक्षित नतिजा हासिल गर्न सफल नभएको पनि उनले स्वीकार गरे।

उनले निर्वाचन नभएको अवस्थामा मुलुक अनिश्चिततातर्फ जान सक्ने अवस्था रहने जोखिम रहेको टिप्पणी गर्दै निर्वाचनमार्फत संवैधानिक प्रणालीलाई मार्गमा ल्याउन सकिएको बताए। उनका अनुसार निर्वाचनको परिणामभन्दा पनि लोकतन्त्र, संघीयता र संविधानको संरक्षण नै मुख्य उपलब्धि हो।

सोही बैठकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनको तयारीमा रहेको उल्लेख गर्दै सो दललाई सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरे।

बैठकमा सहभागी नेता राजेन्द्र श्रेष्ठले निकट भविष्यमा पुनः बैठक बसेर निर्वाचन परिणामको समीक्षा गरी आगामी कार्यक्रम तय गरिने जानकारी दिएका छन्। साथै, मजदूर, किसान, महिला तथा विद्यार्थी संगठनहरूको समायोजन प्रक्रिया छिट्टै अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।