२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्तिपुर सहकारी प्रकरण : अध्यक्ष तामाङविरुद्ध करिब एक अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा, १३ जना प्रतिवादी

अ+ अ-

काठमाडौँ । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर तामाङविरुद्ध करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दा दायर गरिएको छ । तामाङसहित १३ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार हाल केन्द्रीय कारागार, जगन्नाथदेवल (सुन्धारा) मा थुनामा रहेका तामाङविरुद्ध ९९ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ । उनी पशुपति सेभिङ कोअपरेटिभका अध्यक्षसमेत रहेको खुलेको छ ।

विभागले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा ३० बमोजिम सजायको मागदावी गरेको छ । अभियोग पत्रमा तामाङले अवैध रूपमा आर्जन गरेको चल–अचल सम्पत्ति, नगद, सेयर तथा आफ्ना पुत्र सुयोग्य तामाङको नाममा रहेको सेयर र त्यसबाट वृद्धि भएको सम्पत्तिसमेत जफत गर्न माग गरिएको छ । साथै, आठ कित्ता जग्गा, तीन लाख ३४ हजार रुपैयाँ नगद र विभिन्न कम्पनीका सेयर जफत गर्न मागदावी गरिएको छ ।

प्रकरणमा अन्य प्रतिवादीहरूबाट समेत ठूलो परिमाणमा सम्पत्ति जफतको माग गरिएको छ । विभागका अनुसार हिमालय विक्रम मल्ल ठकुरीबाट ३४ करोड १७ लाख २३ हजार, देवराज पराजुलीबाट ११ करोड ७० लाख ५४ हजार, प्रेमध्वज लामाबाट २६ करोड ८० लाख १२ हजार र जोगलाल लामाबाट ११ करोड ८३ लाख २१ हजार रुपैयाँ बराबरको चल-अचल सम्पत्ति जफत गर्न माग गरिएको छ ।

यसैगरी, सानुकान्छा लामाबाट एक करोड १८ लाख ७४ हजार, नारायण प्रसाद रिमालबाट २१ करोड ४९ लाख ८७ हजार, इन्दु थापाबाट एक करोड ६२ लाख ८ हजार, कञ्चन तामाङ लामाबाट तीन करोड ९५ लाख १५ हजार तथा उद्धव प्रसाद पाण्डेबाट तीन करोड ९२ लाख ३२ हजार रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न मागदावी गरिएको छ ।

विभागले सहकारीमार्फत संकलित रकम विभिन्न व्यक्तिको नाममा सारेर, लगानी र सेयर कारोबारमार्फत अवैध आयलाई वैध देखाउने प्रयास गरिएको निष्कर्ष निकालेको जनाएको छ ।