२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुँडिखेलमा घोडेजात्रा (फोटो फिचर)

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रमहरू सहित सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा समारोह-२०८२ सम्पन्न भएको छ ।

नेपाली सेनाले आयोजना गरेको घोडेजात्रा समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुख, महामहिम राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारी, सैनिक तथा गैर सैनिक व्यक्तित्व, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

घोडेजात्रा  नेपाली सेनाले घोडाका विविध कला-कौशल प्रदर्शन गरेको थियो। सैनिक व्याण्डहरूले विभिन्न धुन प्रस्तुत गरेका थिए भने घोडाहरूद्वारा आकर्षक शो जम्पिङ प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनका क्रममा घोडाहरूले विभिन्न पर्खाल नाघ्दै साहसिक कला देखाएका थिए।

क्रस टेन्ट पेगिङअन्तर्गत सैनिकहरूले घोडाको सहायतामा शत्रुका टेन्ट भत्काउने शैली प्रस्तुत गरेका थिए भने घोडा दौड पनि आयोजना गरिएको थियो। यसैगरी, तालिम प्राप्त कुकुरहरूको प्रस्तुति दर्शकका लागि विशेष आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रम समापनपछि प्रमुख अतिथि राष्ट्रपतिले शो जम्पिङतर्फ प्रथम र द्वितीय हुने सहसेनानी प्रविन लामिछाने र जमदार रामबहादुर दाहाल तथा टेन्ट पेगिङतर्फ प्रथम र द्वितीय हुने सहसेनानी विकल्प थापा र सिपाही सन्तोष भण्डारीलाई पुरस्कार प्रदान गरे।