२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मत्स्यकन्याको मुलुकमा’ नियात्रा कृतिको अंग्रेजी संस्करण विमोचन

अ+ अ-

काठमाडौँ। साहित्यकार रण काफ्लेको नियात्रा सङ्ग्रह ‘मत्स्यकन्याको मुलुकमा’ को अंग्रेजी अनुवाद ‘इन द कन्ट्री अफ द मत्स्यकन्या’ राजधानीमा एक समारोहबीच विमोचन गरिएको छ।

साहित्यकार नन्दु उप्रेतीले कृतिमा पात्रहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएकाले पुस्तक पठनीय बनेको बताए । नेपालको माझी समुदायको जनजीवनमा आधारित विषयवस्तु समेटिएको यस कृतिको अंग्रेजी अनुवादले देश–विदेशका पाठकलाई नेपाली समाज र संस्कृति बुझ्न मद्दत पुग्ने उनको भनाइ थियो।

उनले अनुवाद साहित्य ज्ञानको आदान–प्रदानका लागि उपयोगी माध्यम भएकाले कृतिबाट धेरै पाठक लाभान्वित हुने विश्वास व्यक्त गरे । कृतिमा समेटिएका पात्रहरूबारे पूर्वजानकारी दिनुभन्दा पाठकले पढेर आफैँ अनुभूति गर्दा कृतिको सम्मान हुने पनि उनले उल्लेख गरे । साथै उक्त कृति नेपाली र अंग्रेजी मात्र नभई अन्य अन्तर्राष्ट्रिय भाषामा समेत अनुवाद हुनुपर्ने धारणा व्यक्त गरे ।

समाजसेवी चिनीमाया माझीलाई मुख्य पात्र बनाएर उनको जीवन संघर्षमा आधारित उक्त नियात्रा कृतिको अंग्रेजी संस्करण साहित्य पोस्टले प्रकाशन गरेको हो। कृतिको नेपाली संस्करणलाई भारतको सिलिगुडी निवासी प्रदीप रसाइलीले अंग्रेजीमा अनुवाद गरेका हुन् ।

कार्यक्रममा साहित्यकार नन्दु उप्रेती, अनुवादक प्रदीप रसाइली, साहित्य पोस्टका प्रधान सम्पादक आश्विनी कोइराला तथा कृतिकी मुख्य पात्र चिनीमाया माझीले मन्तव्य व्यक्त गरेका थिए ।

कृतिकी मुख्य पात्र चिनीमाया माझीको भनाईमा लेखक रण काफ्लेले माझी समुदायलाई केन्द्रमा राखेर कृति तयार पारेकामा समुदायप्रति ठूलो योगदान पुगेको छ । माझी समुदायसँग सम्बन्धित विषयवस्तु समेटिएको कृति विमोचन कार्यक्रममा सहभागी हुन पाउँदा आफू भावुक बनेको उनले उल्लेख गरे ।

अनुवादक प्रदीप रसाइलीले समाजसेवाको क्षेत्रमा चिनीमाया माझीको उल्लेखनीय योगदान भएकाले लेखकले कृतिमा उहाँलाई मुख्य पात्रका रूपमा प्रस्तुत गरेको बताए । नियात्रा विधामा आधारित भए पनि कृतिमा माझी समुदायको जीवनशैली र सामाजिक सन्दर्भलाई केन्द्रमा राखिएको उनको भनाइ थियो। कृतिमार्फत नेपालको पर्यटन सम्भावनालाई समेत उजागर गर्ने प्रयास गरिएको उनले उल्लेख गरे ।

साहित्य पोस्टका प्रधान सम्पादक आश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार, संगीतकार, साहित्यानुरागी, पत्रकार तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।