२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा अस्पतालको २०० शय्याको आधुनिक भवन उद्घाटन, शैक्षिक भवनको शिलान्यास

अ+ अ-

काठमाडौँ । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा २०० शय्याको आधुनिक सेवा भवन बिहीबार उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन्।

छ ब्लकमा विभाजित यो पाँच/छ तले आधुनिक भवनको निर्माण लागत २८ करोड ५४ लाख रुपैयाँ रहेको छ। उद्घाटनकै दिन मुख्यमन्त्री बानियाँले प्रतिष्ठानको शैक्षिक भवन निर्माणको शिलान्याससमेत गरेका छन्। बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको शैक्षिक भवन चालु आर्थिक वर्षको असार मसान्तभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रतिष्ठान निकट भविष्यमा विश्वविद्यालयको रूपमा विकास हुने जानकारी दिएका छन्। उनले भने, “प्रतिष्ठानमा भर्ना भएका विद्यार्थीले प्रमाणपत्र लिने बेलासम्म यसले स्वास्थ्य विश्वविद्यालयको रूपमा काम गर्न थाल्नेछ। प्रदेश सरकारले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।”

उनले प्रदेश सरकारले गरिब नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए। हेटौँडा अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधार अभाव हुन नदिने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रतिष्ठानमा हाल एमबीबीएस, एमडी लगायतका विभिन्न विषयमा अध्ययन–अध्यापन भइरहेको छ। नयाँ शैक्षिक भवनले स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवा विस्तारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री बानियाँले प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। प्रतिष्ठानले उत्पादन गर्ने स्वास्थ्य जनशक्तिले प्रदेशभरका अस्पतालमा सेवा प्रवाह गर्न सहयोग पुर्‍याउने उनको विश्वास छ। स्वास्थ्य सेवा सुधारको क्रममा हेटौँडा अस्पतालमा डायलाइसिस सेवाको क्षमता पनि विस्तार गरिएको छ। यसअघि १४ वटा रहेको डायलाइसिस मेसिन हाल ३० वटा पुर्‍याइएको छ।

कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशअन्तर्गतका अस्पतालमा औषधि र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले गरिब परिवारका विद्यार्थीलाई चिकित्सक बन्न प्रोत्साहित गर्न प्रदेश सरकारको छात्रवृत्ति कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र पूर्व स्वास्थ्य मन्त्री एकालाल श्रेष्ठले अस्पताल भवन र स्वास्थ्य सेवा विस्तारले गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे।