२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिरीक्षक कार्कीले भने : ‘सामूहिक भावनाकै कारण निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थापन’ 

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएसँगै नेपाल प्रहरीको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको बताएका छन् । 

उनले सामूहिक भावना र सांगठनिक लक्ष्यमा दृढ भएकै कारण चुनौतीकाबीच निर्वाचन सुरक्षा व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ ।

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको भूमिका र योगदान प्रशंसनीय रहेको भन्दै महानिरीक्षक कार्कीले सीमित स्रोत–साधनका बीच उच्च मनोबलका साथ प्रहरीले निर्वाचन सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा सम्पन्न गराएको पनि बताए । 

निर्वाचन सुरक्षामा प्रहरी प्रधान कार्यालय र मातहत युनिटहरूबाट करिब ७५ हजार जनशक्ति र १ लाख ३३ हजार ९० निर्वाचन प्रहरी खटाएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार यो पटकको निर्वाचनमा एक जनाको पनि मानवीय क्षति नभएको र सुझबुझपूर्ण सुरक्षा व्यवस्थापनका कारण यो सम्पन्न भएको जनाएको छ ।

निर्वाचन सुरक्षा व्यवस्थापनमा खटिएका उपत्यकाभित्रका कार्यालय तथा मातहत युनिटका अधिकृत तथा जवानहरूलाई सोमबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले भने, ‘सीमित साधन स्रोत, भौतिक पूर्वाधारहरूको अभाव एवं प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका चिन्तन एवं आकांक्षाका बाबजुद निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले उच्च मनोबल, सामूहिक भावना एवं जिम्मेवारी बोधका साथ प्रदर्शन गरेको उच्च व्यावसायिकता प्रशंसनीय छ ।’

प्रतिकूल परिस्थितिका बाबजुद मुलुकप्रतिको समर्पण भावका साथ आफूलाई तोकिएको जिम्मेवारीमा केन्द्रित रहेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको व्यावसायिक भूमिकाप्रति उनले आभार व्यक्त गरे ।

प्रहरीको अथक सक्रियता र क्रियाशीलताका कारण समाजमा शान्ति सुरक्षा कायम राख्न सम्भव भएको उनको भनाइ छ । सबै प्रहरी कर्मचारीहरूले परिवर्तनलाई आत्मसात् गर्न जरुरी रहेको बताउँदै समयानुकूल अझ शिष्ट बोली, वचन र आचरणका साथै जनउत्तरदायी भई नागरिकहरूप्रति पूर्णरूपमा समर्पित भएर काम गर्न पनि निर्देशन दिए ।

कार्कीले प्रहरी पेसा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमानदारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवं दृढ अनुशासन आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।