काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही जिल्लाका सबै निर्वाचन क्षेत्रमा पराजय भोगेपछि थानेश्वर घिमिरेले नेपाली काँग्रेस रूपन्देही जिल्ला कार्यसमितिको उपसभापति पदबाट राजीनामा दिएका छन्।
जिल्लामा रहेका पाँचै वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा काँग्रेसका उम्मेदवार पराजित भएपछि त्यसको नैतिक जिम्मेवारी स्वीकार गर्दै उनले पद त्याग गर्ने निर्णय गरेका हुन्।
घिमिरेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा रुपन्देहीका कुनै पनि क्षेत्रमा पार्टीले विजय हासिल गर्न नसकेको परिणामलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्। निर्वाचन परिणामप्रति नैतिक जिम्मेवारी वहन गर्दै तत्काल प्रभाव पर्ने गरी उपसभापति पदबाट राजीनामा दिएको उनले जनाएका छन्।
साथै, पार्टीभित्र आफूलाई दिइएको जिम्मेवारी वहन गर्ने अवसर प्रदान गरेकोमा उनले सम्बन्धित नेतृत्व तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।







