२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली सन्धिसम्बन्धी आरोपप्रति देवराज घिमिरेको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा भ्रम सिर्जना गरिएको भन्दै सार्वजनिक स्पष्टीकरण दिएका छन्। विज्ञप्तिमार्फत उनले उक्त सन्धिसम्बन्धी बहसमा आफ्नो भूमिकाबारे स्पष्ट धारणा राखेका हुन्।

उनले महाकाली सन्धिका विषयमा उठाइएका जिज्ञासाहरूको उत्तर दिँदै आएको उल्लेख गर्दै तथ्यपरक अध्ययन नगरी आरोप लगाउनु उपयुक्त नहुने बताए। घृणामूलक राजनीतिक प्रवृत्तिबाट प्रेरित टिप्पणीहरूका सन्दर्भमा सम्बन्धित पक्षलाई सन्धिको वस्तुगत विश्लेषण गर्न आग्रहसमेत गरेका छन्।

घिमिरेका अनुसार केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनाउने उद्देश्यसहित खिचिएको भिडियो सन्दर्भबाहिर प्रयोग गरिएको छ। आफूले नियोजित रूपमा सामग्री तयार गरिएको थाहा पाएपछि प्रतिक्रिया नदिएको तर अहिले सोही भिडियो एक राजनीतिक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबी उनले गरेका छन्।

उनले कुनै पनि अन्तर्राष्ट्रिय सन्धिमा आफूले हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्। सन्धि भएको समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको उल्लेख गर्दै लोकतान्त्रिक दलभित्र नीतिगत विषयमा हुने छलफलका क्रममा आफ्नो धारणा व्यक्त गर्नुबाहेक अन्य कुनै औपचारिक भूमिका नरहेको बताएका छन्।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्य रहेको व्यक्तिले छिमेकी राष्ट्रसँग सन्धि गर्ने अधिकार राख्छ भन्ने जस्तो प्रचार हुनु तथ्यविहीन रहेको उनको टिप्पणी छ।

घिमिरेले करिब पाँच दशकदेखि राजनीतिक गतिविधिमा संलग्न रहँदै आएको उल्लेख गर्दै राजनीति आफ्नो लागि सेवाको माध्यम भएको बताएका छन्। व्यक्तिगत लाभका लागि पद प्रयोग नगरेको दाबी गर्दै उनले राजकीय जिम्मेवारी सम्हालेको अवधिमा इमानदारीपूर्वक कार्यसम्पादन गरेको उल्लेख गरेका छन्। साथै झापा जिल्ला क्षेत्र नं. २ का मतदाताप्रति आफू उत्तरदायी रहेको बताउँदै विगत र पछिल्लो तीन वर्षमा भएका कामको मूल्याङ्कन गर्न तयार रहेको तथा त्रुटि भेटिए स्वीकार गर्न इच्छुक रहेको जनाएका छन्।