२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी मानवशास्त्रीद्वय डेभिड र क्याथरिन काठमाडौँमा सम्मानित

अ+ अ-

काठमाडौँ । तामाङ समाज, संस्कृति र इतिहासलाई विश्वस्तरमा पहिचान दिलाउन अतुलनीय योगदान पुर्‍याएका अमेरिकी मानवशास्त्रीद्वय प्रा. डेभिड होल्म्बर्ग र प्रा. क्याथरिन एस मार्चलाई सम्मान गरिएको छ ।

तामाङ अध्ययन प्रतिष्ठान, नेपाल तामाङ घेदुङ तथा अन्तर्राष्ट्रिय तामाङ परिषद्को संयुक्त आयोजनामा मंगलबार काठमाडौँको कपनमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्राध्यापकद्वयलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

प्राध्यापकद्वयको प्राज्ञिक योगदानको प्रशंसा गर्दै राईले यो उचाइको योगदानलाई राज्यस्तरबाटै सम्मान गरिनुपर्नेमा जोड दिए । राईले तामाङ समुदायले उनीहरूले पुर्‍याएको योगदानको कदर गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा भाषा शास्त्री एवं भाषा आयोगका पूर्व सदस्य अमृत योञ्जन(तामाङले प्राध्यापकद्वयको लामो प्राज्ञिक यात्रा र तामाङ अध्ययनमा उनीहरूले पुर्‍याएको विशिष्ट योगदानबारे चर्चा गरे।

समाजशास्त्री डा। कृष्ण भट्टचनले होल्म्बर्ग र मार्चलाई विगत आधा शताब्दीदेखि तामाङ तथा नेपाली समाजलाई विश्वमा चिनाउन समर्पित ‘निष्ठावान मानवशास्त्री’ का रूपमा चित्रण गरे ।

सम्मानका क्रममा ताम्बा संघ, नेपाल र ताम्बा प्रतिष्ठानले प्राध्यापकद्वयलाई तामाङको परम्परागत बाजा डम्फू उपहार स्वरूप प्रदान गरे ।

त्यस्तै, म्हेन्दो माया कलाकार संघका तर्फबाट रोशन फ्युबा तामाङले पश्चिमी तामाङ संस्कृति झल्कने पहिरन (फेटा र ग्या) ओढाएर सम्मान व्यक्त गरेका थिए।