काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले कुनै विवाद र मतभेद नरहेको बताएका छन् ।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले काँग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताएका हुन् ।
उनले अहिले नेपाली काँग्रेसमा देशभर एकता रहेको पनि दाबी गरे । बाँकी रहेका आन्तरिक मतभेदलाई मत्थर पार्न आफैँले पनि प्रयास गरिरहेको निधिको भनाइ छ ।







