२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस बिपीका उपाध्यक्ष कर्ण मल्लसहितका नेता काँग्रेसमा फर्किन तयार

अ+ अ-

काठमाडौँ। कर्ण मल्लसहित नेपाली काँग्रेस (बिपी) डडेल्धुराका नेता कार्यकर्ता नेपाली काँग्रेसमा फर्किन सकारात्मक देखिएका छन् ।

नेपाली काँग्रेसको जिल्ला कार्यसमितिले आइतबार सातौँ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवादपछि पार्टीबाट निष्कासनमा परेका पूर्व जिल्ला सभापति मल्लसहितका नेताहरूले पार्टीमा फर्किन आह्वान गरेको थियो ।

जसको प्रतिक्रियामा काँग्रेस (बिपी) ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेस एकता प्रक्रिया अघि बढाउन तयार भएको जनाएको छ ।

बिपी काँग्रेसका जिल्ला सभापति भरत नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा डडेलधुरा काँग्रेसले गरेको आह्वानको स्वागत गर्दै भनिएको छ, ‘पार्टी एकताको लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन नेपाली काँग्रेस डडेल्धुरा र केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्दछौँ ।’

डडेल्धुरा काँग्रेसका सभापति भीमबहादुर साउँदले आइतबार जारी गरेको विज्ञप्तिमा सातौँ जिल्ला अधिवेशनका बेला सहभागी हुन नपाएका तत्कालीन सभापति मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपालीलगायतलाई सक्रिय योगदान दिन आग्रह गरेको थियो ।

बिपी काँग्रेसका केन्द्रीय उपाध्यक्षसमेत रहेका मल्लले एकता प्रक्रिया काँग्रेसकै कारणले ढिलाइ भएको बताए । उनले भने, ‘श्रद्धेय सभापति शेरबहादुर देउवा हुँदादेखि नै दुई पार्टीबिच एकता प्रक्रिया सुरु भइसकेको थियो । पुस ३ गते नै कार्यविधिअनुसार पार्टी समायोजन गर्ने भनिएको थियो । उहाँहरूको विशेष महाधिवेशनपछि विकसित घटनाक्रमले ढिलाइ हुन पुगेको हो ।’

अहिले डडेलधुरा काँग्रेसबाट आएको आह्वानलाई आफूहरूले सकारात्मक रूपमा लिएको उनले बताए । ‘यो आह्वानलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । केन्द्रमा पनि हाम्रो सभापति र विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिसँग संवाद भइरहेको छ । त्यहीँबाट निकास आओस् भन्ने चाहेका छौँ,’ मल्लले भने ।

डडेल्धुराका हकमा पनि प्रक्रियागत रूपमा प्रस्ताव आए छलफल गर्न सकिने उनले बताए । आफूहरूसँग कुनै सर्त नभएको पनि उनले बताए ।