काठमाडौँ। नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै तयार गरेको प्रतिबद्धता दस्ताबेज पार्टीको केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
बुधबार भर्चुअल माध्यमबाट सम्पन्न बैठकले उक्त दस्ताबेज पारित गरेको जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले दिएका छन्। बैठक पार्टी सभापति गगन थापा को अध्यक्षतामा बसेको थियो।
पार्टीले अनुमोदित दस्ताबेजलाई सार्वजनिक गर्ने कार्यक्रम पनि तय गरेको छ। सोहीअनुसार मधेस प्रदेशको राजधानी जनकपुर मा आजै औपचारिक रूपमा सार्वजनिक गरिने तयारी गरिएको जनाइएको छ।
निर्वाचन लक्षित नीतिगत प्राथमिकता, विकासका कार्यक्रम तथा शासनसम्बन्धी प्रतिबद्धता समेटिएको उक्त दस्ताबेज पार्टी संरचनाभित्र छलफलपछि अनुमोदन गरिएको बताइएको छ।







