२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सही सूचना प्रवाह बिना अर्थतन्त्रको सञ्चालन चुनौतीपूर्ण’ : अर्थमन्त्री खनाल

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सही र समयमै सूचना प्रवाहको आवश्यकता रहेको बताएका छन्। उनले यो कुरा ‘मिडियामा सूचनाको हकको प्रयोग: अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा व्यक्त गरे।

नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले काठमाडौँको तीनकुनेमा संयुक्त रूपमा आयोजना गरेको उक्त अन्तरक्रियामा मन्त्री खनालले भने, “समाजको शान्ति, सभ्यता र सौहार्द कायम राख्नका लागि सूचना सही समयमा र उचित कारणले उपलब्ध गराउन आवश्यक छ।” उनले विभिन्न व्यक्तिले एउटै सूचना फरक-फरक समयमा पाएमा त्यसले ठूलो प्रभाव पार्ने बताए।

मन्त्री खनालले थपे, “अर्थतन्त्रको सन्तुलित विकास, सरकारी क्रियाकलापको पारदर्शिता र समाजमा सौहार्द कायम राख्न सूचना सही समयमा र सही तरिकाले उपलब्ध गराउनुपर्छ।”

उनले सूचनाको हक प्रयोग गर्दा केही व्यक्तिले त्यसलाई समाचारको लागि नभई स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गरे। अर्थ मन्त्रालयबाट प्राप्त सूचना पनि कहिलेकाहीँ व्यक्तिगत स्वार्थ पूरा गर्न प्रयोग हुने गरेको गुनासो मन्त्री खनालले व्यक्त गरे।

त्यसैगरी, उनले सूचनाको हक केवल सरकारी क्षेत्रमै सीमित नभई व्यावसायिक क्षेत्र र अन्य गतिविधिहरूमा समेत लागू हुने भएकाले यो हक सर्वसाधारणसमक्ष पुर्‍याउन प्रचार-प्रसार आवश्यक रहेकोमा जोड दिएका छन्।