२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयल निगमका तत्कालीन कार्यालय प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

सिसिक्यामेरा नै बन्द गरेर डिपोबाट तीन हजारभन्दा लिटर बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरेको सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार फैसला सुनाउँदै उनलाई कैद र जरिवाना सुनाएको हो । 

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको संयुक्त इजलासले उनलाई पाँच महिना कैद र ५६ हजार ६५ रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । त्यस्तै, इन्धन ट्याङकरका चालक निर्मल तथा पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमकट्टेललाई पनि सोही बराबरको सजाय भएको छ । 

बढी ढुवानी गरेको डिजेलको मूल्य बराबरको चार लाख ४८ हजार बिगो रकमलाई बिगो कायम गरी गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। जसमा तीन व्यक्ति र एक कम्पनीलाई दोषी ठहर गरी दामासाहीका हिसाबले जरिवाना तोकिएको छ । 

यो भ्रष्टाचार घटना साढे दुई वर्षअगाडिको हो ।  कार्यालयले पश्चिमाञ्चल ट्रेडर्सले गरेको १२ हजार लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत गरेको गरी डिजेल वितरण गर्दा घोटाला गरेको हो । यसमा २५ साउन ०८० को इन्भोइस नम्बरअनुसार डिजेल पश्चिमाञ्चल ट्रेडर्सको ‘ग.२ ख ८३६’ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल लोड गर्नुपर्ने थियो । तर, मिलेमतोमा १५ हजार ३८ लिटर लोड गरेर अनियमितता गरिएको थियो । 

डिप र सिल गर्ने जिम्मेवारीमा रहेका गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटको समेत यसमा मिलेमतो रहेको भन्दै  प्रतिवादी बनाइएकोमा उनीहरूले भने सफाइ पाएका छन् ।