२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्की संसद्‌मा मन्त्री शपथ ग्रहणको क्रममा सांसदहरूबीच झडप, केही घाइते

अ+ अ-

काठमाडौँ। टर्कीको संसद्‌भवनमा बुधबार नयाँ न्यायमन्त्रीको शपथ ग्रहणका क्रममा सत्तारुढ दल र विपक्षी सांसदहरूबीच झडप भएको छ। धकेलाधकेल र मुक्का हानाहानका कारण केही सांसदको अनुहार र हातमा सामान्य चोट लागेको छ।

राष्ट्रपति रजेप तैयप एर्दोगानले इस्तानबुलका पूर्व प्रमुख अभियोजक अकिन गुर्लेकलाई न्यायमन्त्री नियुक्त गरेपछि विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का सांसदहरूले विरोध प्रदर्शन गरेका थिए। विपक्षी सांसदहरूले उनलाई रोस्टमसम्म पुग्नबाट रोक्ने प्रयास गर्दा स्थिति नियन्त्रण बाहिर गएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सांसदहरूबीच मुक्का हानाहान र धकेलाधकेलको दृश्य देखिन्छ। विपक्षी दलका वरिष्ठ नेताहरूले गुर्लेकमाथि राजनीतिक प्रतिशोधको आरोप लागेको र उनलाई न्यायमन्त्रीका रूपमा स्वीकार्न नसकिने बताएका छन्। सीएचपीका अध्यक्ष ओजगुर ओजेलले भने, “एर्दोगानले गुर्लेकको नियुक्ति गरेर हाम्रो पार्टीको पहिचानमाथि प्रहार गरेका छन्। लोकतन्त्रको यो उपहास हो। हामी आत्मसमर्पण गर्ने छैनौं।”

सत्तारुढ एके पार्टीका प्रवक्ता ओमार चेलिकले विपक्षीको व्यवहार असंसदीय भएको र जनताको मतबाट चयनित सरकारको नियुक्तिमा अवरोध पुर्‍याउनु लोकतान्त्रिक चरित्रविपरीत भएको प्रतिक्रिया दिएका छन्। उनले भने, “न्यायपालिका स्वतन्त्र रूपमा चल्ने कुरामा सरकार प्रतिबद्ध छ।”

अकिन गुर्लेक इस्तानबुलका प्रमुख अभियोजक रहँदा इस्तानबुलका लोकप्रिय मेयर एकरेम इमामोग्लु र अन्य सीएचपी नेताहरूमाथि मुद्दा चलाएको आरोप लागेको थियो।