२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वच्छ निर्वाचन सुनिश्चित गर्न सुरक्षा संयन्त्रको जिम्मेवारी महत्वपूर्ण’ : प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, स्वतन्त्र र भरोसायोग्य निर्वाचन वातावरण निर्माणमा नेपाल प्रहरीको भूमिकालाई अत्यन्तै महत्वपूर्ण बताएकी छन्। उनले निर्वाचन प्रक्रिया सफल बनाउन सुरक्षा निकायले उच्च व्यावसायिकता र संवेदनशीलता देखाउनुपर्ने धारणा व्यक्त गरिन्।

काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा उल्लेख गरिन्। उनले कुनै पनि राजनीतिक दबाब, प्रभाव वा पूर्वाग्रहबाट मुक्त भई संविधान र कानुनअनुसार जिम्मेवारी पूरा गर्न सुरक्षा निकायलाई निर्देशन दिइन्।

प्रधानमन्त्रीले नेपाल प्रहरीको विगतदेखि हालसम्मको कार्यसम्पादनले प्रहरी र नागरिकबीचको विश्वासको सम्बन्ध सुदृढ हुँदै आएको उल्लेख गरिन्। उनका अनुसार सुरक्षा निकायको निष्पक्षता नै लोकतान्त्रिक प्रणालीको मजबुत आधार हो।

सम्बोधनका क्रममा उनले परम्परागत अपराधका अतिरिक्त साइबर अपराध, संगठित तथा वित्तीय अपराध, सीमापार अपराध र सामाजिक द्वन्द्वका नयाँ चुनौतीहरू देखा परेको उल्लेख गर्दै प्रहरी निरीक्षकहरूको भूमिका आदेश पालनामा मात्र सीमित नरही समस्या समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन्।