२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन उपकुलपति, राजिष्टार र निर्देशकसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति, राजिष्टार र निर्देशकसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै तत्कालीन उपकुलपति प्रा. डा. संगिता सिंह भण्डारी, राजिष्टार, निर्देशक, विभिन्न पदमा कार्यरत कर्मचारी तथा एक निजी कम्पनी एवं सोका प्रतिनिधिसहित १९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

अन्य प्रतिवादीहरूमा तत्कालीन का.मु. रजिष्ट्रार, निर्देशक, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, शाखा अधिकृत, लेखा तथा आइटी सम्बन्धी कर्मचारी, स्वास्थ्यकर्मी र आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रा.लि. तथा त्यसका पदाधिकारीहरू समावेश छन्।

आयोगका अनुसार प्रतिष्ठानमा १२८ स्लाइस सिटी स्क्यान मेसिन खरिद गर्दा कम गुणस्तरको उपकरण खरिद गरी आर्थिक अनियमितता गरिएको भन्ने उजुरी प्राप्त भएपछि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत प्रक्रिया अपनाइएको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार खरिद प्रक्रियामा आवश्यक खरिद योजना नबनाई, प्राविधिक स्पेसिफिकेसन र लागत अनुमान तयार गर्ने क्रममा कानुनअनुसारको प्रक्रिया नअपनाइएको, राष्ट्रियस्तरको बोलपत्रमा अन्तर्राष्ट्रियस्तरका प्रावधान प्रयोग गरिएको, प्राविधिक मूल्यांकन नगरी वा गलत विवरणका आधारमा मूल्यांकनन प्रतिवेदन तयार गरिएको, तथा प्राविधिक मापदण्ड पूरा नगरेको उपकरणलाई योग्य देखाई स्वीकृत गरिएको देखिएको छ।

आपूर्तिकर्ता कम्पनीले पेस गरेको सिटी स्क्यान मेसिन प्राविधिक स्पेसिफिकेसन अनुसार नभएको अवस्थामा समेत मिलेमतोमा प्राविधिक परीक्षण प्रतिवेदन र स्वीकृति प्रमाणपत्र जारी गरी भुक्तानी गरिएको देखिएको आयोगको दाबी छ। यस क्रममा प्रतितपत्र (लेटर अफ क्रेडिट), भन्सार शुल्क र अन्य खर्चसमेत जोडिँदा कुल रू. ७,३१,८२,९८५.९९ खर्च भएको र यसबाट प्रतिष्ठानलाई थप आर्थिक भार परेको आयोगले जनाएको छ।

आयोगले यी कार्यहरू भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअन्तर्गत कसूरजन्य भएको दाबी गर्दै सम्बन्धित प्रतिवादीहरूमाथि कैद, जरिवाना तथा बिगो असुलउपरको सजाय माग दाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।