२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पूर्वमा एमाले-प्रलोपा चुनावी सहकार्य लागू नहुने, रुकुम पश्चिममा भने सहमति कार्यान्वयन

अ+ अ-

काठमाडौँ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच हालै भएको चुनावी तालमेलसम्बन्धी सहमति रुकुम पूर्वमा कार्यान्वयन नहुने भएको छ । 

दुई दलबीच केही दिनअघि विभिन्न जिल्लामा पारस्परिक समर्थन गर्ने सहमति भए पनि एमाले रुकुम पूर्व इकाइले उक्त व्यवस्था अस्वीकार गरेको जनाएको छ ।

सहमति अनुसार एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने तथा दाङ, रोल्पा, प्यूठानसहित कर्णाली प्रदेशका सात जिल्लामा प्रलोपाले एमालेका उम्मेदवारलाई सहयोग गर्ने तय भएको थियो । तर रुकुम पूर्वबाट एमालेका उम्मेदवार लीलामणि गौतमले सो क्षेत्रमा आफ्नो उम्मेदवारी कायम रहने स्पष्ट पारेका छन् ।

गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष भेट गरी रुकुम पूर्व छाड्न नसकिने आधार र तथ्य प्रस्तुत गरेको र त्यसपछि निर्वाचनमा अघि बढ्न शुभकामना प्राप्त भएको दाबी गरेका छन् । उनले अध्यक्ष ओलीले ‘जिल्ला गएर निर्वाचन जितेर आउनु’ भन्ने सन्देश दिएको भिडियो सार्वजनिक गर्दै रुकुम पूर्वमा एमालेको चुनावी अभियान यथावत् रहने बताएका छन् ।

उनले पछिल्ला दिनमा फैलाइएका हल्ला र प्रचारको अन्त्य भएको उल्लेख गर्दै मतदातालाई सूर्य चिन्हमा ढुक्कसँग मतदान गर्न आह्वान गरेका छन् । साथै, प्रलोपाका उम्मेदवारबाट समेत आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास भइरहेको दाबी पनि उनले गरेका छन् ।

यसबीच, रुकुम पश्चिममा भने एमालेले प्रलोपासँगको सहकार्यलाई स्वीकार गरेको छ । मुसिकोटस्थित एमाले पार्टी कार्यालयमा मंगलबार बसेको जिल्ला कमिटी सचिवालय बैठकले प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने पूर्वनिर्धारित सहमति अनुसार अघि बढ्ने निर्णय गरेको पार्टीले जनाएको छ ।