२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमूना प्रस्तुत गरेको बताएका छन् ।

उनले उक्त अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने धारणा व्यक्त गरेका हुन् ।

मंगलबार काठमाडौँमा सम्पन्न उज्यालो नेपाल काठमाडौँ-रामेछाप मञ्चको गठन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टीको प्रमुख प्राथमिकता आर्थिक आत्मनिर्भरता र रोजगारी सिर्जना रहेको स्पष्ट पारे । उनका अनुसार कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उनले उज्यालो नेपाल पार्टीलाई समर्थन गर्न मतदातासँग आग्रह गरे । मुलुक क्रमशः बाह्य निर्भरतातर्फ उन्मुख भइरहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा केही उपलब्धि हासिल भए पनि अन्य क्षेत्रहरू अझै कमजोर अवस्थामा रहेको उनले बताए ।

अध्यक्ष घिसिङले देशको समग्र विकासका लागि स्पष्ट कार्ययोजना सहितको घोषणापत्र चाँडै सार्वजनिक गरिने जानकारी पनि दिए । साथै, यातायात, शिक्षा, स्वास्थ्य र विद्युत् सेवा नागरिकका लागि नि: शुल्क बनाउने दीर्घकालीन दृष्टिकोण पार्टीसँग रहेको उनको भनाइ थियो ।

उनले कृषि क्षेत्रमा बढ्दो आयात निर्भरतालाई उदाहरण दिँदै स्वदेशमै उत्पादन र रोजगारी विस्तारमार्फत आर्थिक रूपमा सबल नेपाल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीको उद्देश्य प्रत्येक नागरिकको जीवनस्तर उकास्दै आत्मनिर्भर राष्ट्रको आधार तयार गर्नु रहेको उनले बताएका हुन् ।