२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचन लक्षित आचारसंहिता कडाइ : ७७ जिल्लामा अनुगमन अधिकृत तोकिए

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका ७७ जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। चुनावी गतिविधि, खर्च तथा आचारसंहिताको पालना समग्र रूपमा निगरानी गर्ने उद्देश्यसहित उक्त व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको छ। जिल्लास्तरका अनुगमन अधिकृतले जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत नियमित रूपमा आयोगमा रिपोर्टिङ गर्ने व्यवस्था गरिएको प्रवक्ता अधिकारीले प्रशासनलाई जानकारी दिए ।  जिल्लाबाटै निर्णय गर्न सकिने विषयहरू त्यहीँ टुंग्याइने र जिल्लाबाट निर्णय गर्न नसकिने विषयहरू आयोगमा पठाइने उनको भनाई छ । 

आचारसंहिता उल्लंघन भएको आशंकामा सम्बन्धित व्यक्ति वा पक्षसँग स्पष्टीकरण सोध्ने अधिकारसमेत अनुगमन अधिकृतलाई प्रदान गरिएको जनाइएको छ । आयोगबाट मात्रै सबै अनुगमन सम्भव नहुने भएकाले प्रावधानअनुसार जिल्लास्तरमै अधिकृत तोकेर जिम्मेवारी दिइएको अधिकारीहरूले जनाएका छन् । 

यसैगरी, जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचनसम्बन्धी आर्थिक गतिविधिको निगरानी गर्ने जिम्मेवारी तोकिएको छ। निर्वाचन खर्चको विवरण, लेखा राखिएको-नराखिएको अवस्था, सम्पत्ति विवरण पेस गरिएको-नगरेको तथा निर्वाचन कार्यालयमा घोषणापत्र बुझाइएको-नबुझाइएको विषयमा अनुगमन गरिने आयोगले जनाएको छ।

यसअघि प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित आचारसंहिता उल्लंघनका उजुरी आएपछि आयोगले केन्द्रबाटै स्पष्टीकरण सोध्ने अभ्यास गर्दै आएको थियो। नयाँ व्यवस्थाअनुसार जिल्लास्तरमै प्रारम्भिक अनुगमन र निर्णय प्रक्रिया अघि बढाइने आयोगको भनाइ छ।