२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्डमा फर्जी विद्यार्थी प्रयोग भएको आरोप

अ+ अ-

काठमाडौँ । जाजरकोटको शिवालय गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फर्जी विद्यार्थी प्रयोग गरी खेल खेलाइएको आरोप लागेको छ । शिवालय गाउँपालिका-सिमा, जाजरकोटमा माघ ७ देखि १० गतेसम्म सञ्चालन भएको सातौँ अध्यक्ष कप तथा सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयका वास्तविक विद्यार्थी सहभागी नगराई फर्जी विद्यार्थी प्रयोग गरिएको वीरेन्द्र माध्यमिक विद्यालयले दाबी गरेको छ ।

विद्यालयले आज जारी गरेको विज्ञप्तिमा प्रतियोगितामा सहभागी भई निरन्तर सबै इभेन्टमा प्रतिस्पर्धा गरेको आफ्ना विद्यालयका खेलाडीहरूले ६ स्वर्णसहित ७ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको उल्लेख गरिएको छ । तर, गाउँपालिकाले षड्यन्त्रपूर्ण निर्णय गर्दै विभिन्न बहाना बनाएर नतिजा परिवर्तन गर्ने प्रयास गरेको विद्यालयको आरोप छ ।

विज्ञप्तिअनुसार माघ ९ गते राति परेको वर्षाका कारण खेल मैदानमा समस्या आएपछि माघ १० गते नै सबै खेल समापन गर्ने र रिले दौड सञ्चालन नगर्ने विषयमा सर्वसहमति भएको थियो । सोहीअनुसार प्रमाणपत्र तथा शिल्ड वितरण गर्ने अन्तिम चरणमा पुगेको कार्यक्रमलाई पूर्वाग्रही ढंगले स्थगित गरिएको विद्यालयको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ “आठ वटा माध्यमिक विद्यालयको सहमतिलाई बेवास्ता गर्दै योजनाबद्ध रूपमा पुनः कार्यक्रम सञ्चालन गरियो । तीन वटा विद्यालयको अनुपस्थितिमा सरस्वती माध्यमिक विद्यालय सीमा तथा शिक्षा, युवा तथा खेलकुद शाखा शिवालयको मिलेमतोमा रिले दौड प्रतियोगिता पुनः गराई फर्जी खेलाडी सहभागी गराइयो ।” राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० अनुसार कारबाही गर्नुपर्ने अवस्थामा उल्टै फर्जी विद्यार्थीलाई प्रोत्साहन गर्दै विजेता घोषणा गरी शिल्ड प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त निर्णयप्रति वीरेन्द्र माध्यमिक विद्यालयले घोर भर्त्सना तथा निन्दा गर्दै निर्णय तत्काल फिर्ता नलिए सशक्त आन्दोलन र कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ ।