काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार बाराको कलैया उपमहानगरपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसहित ४ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी/गराई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।










