२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गगन र बालेनसँग सार्वजनिक बहसका लागि तयार छु’ : ओली 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहसका लागि आफू तयार भएको बताएका छन्।

प्रधानमन्त्रीका उम्मेदवारहरूले सार्वजनिक बहस गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेला शनिबार च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रत्यक्ष प्रसारण हुने गरी खुला बहसका लागि आफू तयार भएको बताएका हुन्।

उनलाई सार्वजनिक संवादका लागि पत्रकारहरूले तपाईँ तयार हो ? भनेर प्रश्न गरेका थिए।  जबाफमा ओलीले त्यस्तो कार्यक्रम आवश्यक रहेको बताए।

नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरी चुनावमा जाने निर्णय गरेको थियो।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी एकता गरेको थियो।

नेपाली काँग्रेसको शुक्रबार मात्रै बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यी तीन पार्टीले प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरेपछि अहिले उनीहरूलाई एउटै मञ्चमा राखेर सार्वजनिक बहस गराउनुपर्ने आवाज उठिरहेको छ। 

त्यसमा ओलीले गगन थापा र बालेन शाहसँग बहसका लागि आफू तयार भएको बताएका हुन्।