२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ दलको नाराप्रति ‘विप्लव’को आलोचना, मूल समस्याबाट ध्यान हटाउने प्रयास भएको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना राजनीतिक शक्तिहरू असफल भएकाले नयाँ दल आएपछि सबै समस्या समाधान हुन्छ भन्ने धारणा भ्रामक रहेको बताएका छन्।

शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो समय राजनीतिक बहसलाई नयाँ र पुराना दलको तुलना तर्फ मोड्ने प्रयास भइरहेको उल्लेख गर्दै यसले मुलुकका वास्तविक संरचनागत समस्यालाई ओझेलमा पार्ने काम गरिरहेको धारणा राखे।

महासचिव चन्दका अनुसार सत्तासँग सम्बन्धित आधारभूत प्रश्नहरू छायामा पारेर बाहिर नयाँ-पुराना दलको चर्चा फैलाइएको छ, जुन यथार्थपरक नभएको उनले बताए। जनतामा नयाँ दलप्रति देखिएको अपेक्षा केही हदसम्म स्थापित दलहरूको कमजोरीबाट उत्पन्न भए पनि राज्यसत्ताको चरित्र परिवर्तन नगरी केवल नयाँ दल वा नेतृत्व परिवर्तनले मात्र समाधान सम्भव नहुने उनको निष्कर्ष थियो।

उनले नेतृत्व उमेरको आधारमा पनि समाधान खोज्न नसकिने स्पष्ट पार्दै २५-३० वर्ष वा ४०-४५ वर्षका नयाँ अनुहार आएपछि मात्र सबै कुरा सुध्रिन्छ भन्ने सोच यथार्थसँग मेल नखाने बताए। पुराना व्यक्ति भएकै कारण राम्रो काम गर्न नसक्ने भन्ने तर्कलाई उनले अस्वीकार गरे।

महासचिव चन्दले नयाँ र पुराना नेता भन्ने बहसभन्दा पनि नीतिगत र संरचनागत परिवर्तनमा केन्द्रित बहस आवश्यक रहेको औँल्याए।