२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संगठनको मुख्य कार्य केन्द्र निर्वाचन सुरक्षामा केन्द्रित छ’ : महानिरीक्षक अर्याल

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले वर्तमान परिस्थितिमा संगठनको मुख्य कार्य केन्द्र निर्वाचन सुरक्षामा केन्द्रित रहेको स्पष्ट पारेका छन्। उनले लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित, शान्त र विश्वासयोग्य बनाउन सशस्त्र प्रहरी बल पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन्।

सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित औपचारिक कार्यक्रममा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले विगतमा जस्तै तोकिएका जिम्मेवारीहरू प्रभावकारी रूपमा सम्पन्न गर्न संगठन प्रतिबद्ध रहेको उल्लेख गरे। उनले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारीसहित जनशक्ति परिचालनमा सशस्त्र प्रहरी बल सदैव सजग अवस्थामा रहेको धारणा राखे।

स्रोत-साधनको सीमितता र विविध चुनौतीका बाबजुद पनि कर्तव्य निर्वाहमा कुनै किसिमको कमजोरी नआउने विश्वास व्यक्त गर्दै उनले संगठन चौबीसै घण्टा तयारी अवस्थामा रहने स्पष्ट पारे। महानिरीक्षक अर्यालले जिम्मेवारीप्रति अनुशासन, समर्पण र व्यावसायिकता कायम राख्दै निर्वाचन सुरक्षामा योगदान दिन सबै तहका जनशक्तिलाई निर्देशन दिएको जानकारी पनि दिए।