२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज तोकिएको समयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये आफूले चाहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न अनुरोध गरेका हुन् ।

 मनोनयन पत्रसँगै फारम भरेर पेस गर्न पनि उनले अनुरोध गरे। फारम आयोगको वेबसाइटमै राखिएको छ । आयोगको वेबसाइटमा ‘वर्ड डकुमेन्टको फाइल’ पनि राखिएको जानकारी सूचना अधिकारी घिमिरेले दिए। 

मनोनयन पत्रसँगै स्वघोषणा पत्र, निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसारको प्रतिबद्धता पत्र, व्यक्तिगत विवरण र सम्पत्ति विवरण पनि तयार पारेर पेस गर्न आयोगले उम्मेदवार बन्न चाहने सबैलाई ध्यानाकर्षण गराएको छ । त्यसैगरी धरौटी बुझाएको रसिद पनि मनोनयन पत्रसँगै राखेर पेस गर्न आयोगले आह्वान गरेको छ । आज बेलुकी ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिएर लाममा बस्नेलाई दर्ता गर्न दिइने आयोगको सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयपत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि आह्वान गरिसकेको छ । आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम छ । 

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । 

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।