२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जंगीअड्डामा विशेष सैन्य तथा फोटो प्रदर्शनी सुरु 

अ+ अ-

काठमाडौँ ।  नेपाली सेना दिवसको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा भद्रकालीमा बृहत् सैन्य प्रदर्शनी सुरु भएको छ । 

नेपाली सेनाको इतिहास र योगदानसहित निर्वाह गर्दै आएका विविध गतिविधिहरू आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले सैनिक मुख्यालयले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ सुरु गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणहरूको विशेष प्रदर्शनी गरिएको छ।

प्रधान सेनापति अशोकराज सिग्देलले गैर सैनिकतर्फ तीन जना र सैनिकतर्फ तीन जना गरी छ जना उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान गरेका छन् ।    

प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षा, शान्ति स्थापनार्थ नेपाली सेनाको योगदान झल्कने विशेष प्रदर्शनी राखिएको छ ।

विकास निर्माणसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था, विपद् व्यवस्थापनमा सेनाको भूमिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदसँगै राष्ट्रिय सेवा दलले बहन गर्ने  जिम्मेवारीसहितको प्रस्तुति समेत प्रदर्शनीमा देख्न सकिन्छ । 

विज्ञान र प्रविधिको विकाससँगै मानिसको जनजीवनमा प्रविधिको प्रयोगबाट हुनसक्ने सहजताबारे सैनिक महाविद्यालय भक्तपुर, रिपुमर्दीनी सैनिक महाविद्यालय बाँसबारीमा अध्यनरत छात्रछात्राहरूले तयार पारेको प्रविधि, कला चित्रकला लगायतका विशेष प्रस्तुति प्रदर्शनीका आकर्षण बनेका छन् ।   

यसका साथै सशस्त्र विद्रोहमा नेपाली सेनाले  प्रयोग गरेका हातहतियार, गोलीगठ्ठा बख्तर बन्द तथा बस्दो बस्तीका लागि प्रयोग गरेका हातहतियारसहित जंगलवा र हवाई युद्धमा प्रयोग गरिने उपकरणहरू प्रदर्शनीमा राखिएको छ । नेपाली सेनाले प्रदर्शनमा विस्फोटक पदार्थ निष्क्रिय गर्दा अपनाउने विधि, प्राकृतिक तथा दैवी प्रकोपका वेला सेनाले गर्ने उद्धारको विशेष प्रस्तुति राखिएको छ । 

उक्त प्रदर्शनमा पहिलो र दोस्रो विश्वयुद्धमा नेपाली सेनाले संकलन गरेका विभिन्न दुर्लभ तस्बिरका साथै सैन्य कारवाहीका बेला नेपाली सेनाले गरेको विशेष तयारीका तस्बिरहरू समेत राखिएको छ । आइतबार प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरेको विशेष सैन्य तथा फोटो प्रदर्शनी बुधबारसम्म चल्ने छ । 

उक्त प्रदर्शनीमा आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई  सेनाका विभिन्न गतिविधिहरू जानकारी लिने र इतिहासबारे जानकारी हासिल गर्न सहज हुने सैनिक मुख्यालयले जनाएको छ ।